उपाधिका लागि थ्रीस्टार र मनाङ मस्र्याङदी क्लब भिड्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उपाधिका लागि थ्रीस्टार र मनाङ मस्र्याङदी क्लब भिड्ने

उदयपुर, ३ जेठ । उदयपुर गोल्डकपको उपाधिका लागि थ्रीस्टार क्लव र मनाङ मस्र्याङदी क्लब भिड्ने भएका छन् । बिहिबार भएको दोस्रो सेमिफाइनलमा सुनसरी ११ लाई ३–२ गोलले पराजित गर्दै मनाङले उपाधिका लागि थ्रीस्टारसँग भेट पक्का परेको हो । मनाङले खेलको १० औं मिनेटमा आत्मघाती उपहार पाएको हो ।

त्यस्तै मनाङका विमल राना र विदेशि खेलाडि भिक्टोरले गोल गरे । सुनसरी ११ को तर्फबाट निसान लिम्बु र सौजन याक्खाले गोल गरेका थिए । खेलको म्यानअफ दि म्याच मनाङका दोर्ण थापा घोषित भए । फाइनल प्रतियोगिता शनिबार हुने छ । विजेताले ५ लाख र उप विजेताले ३ लाख पुरस्कार पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);