पारस वर्षको उत्कृष्ट खेलाडी, सन्दिप उत्कृष्ट युवा खेलाडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पारस वर्षको उत्कृष्ट खेलाडी, सन्दिप उत्कृष्ट युवा खेलाडी

paras khadka

काठमाडौं, ३ जेठ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै पारसले अवार्ड जितेका हुन् ।

अवार्डका लागि क्रिकेटकै लामिछानेसँगै ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ, गल्फका टंक बहादुर कार्की मनोनयनमा परेका थिए । यस्तै ब्याडमिन्टनकी शोभा गौचन महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी छन् । सन्दिप लामिछाने उत्कृष्ट युवा खेलाडी बन्दा क्रिकेटका जगत टमाटाले उत्कृष्ट प्रशिक्षक बने ।

टेबलटेनिसका स्यान्टु श्रेष्ठले पिपुल च्वाइस अवार्ड जिते । करण केसीलाई स्पेशल अवार्ड र पूर्वफुटबलर अशोक केसीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);