पल्सर स्पोर्टस अर्वाडमा क्रिकेटकै बर्चश्व | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पल्सर स्पोर्टस अर्वाडमा क्रिकेटकै बर्चश्व

पारस खड्का वर्षको उत्कृष्ट खेलाडी, उत्कृष्ट युवा खेलाडीमा क्रिकेटकै सन्दिप लामिछाने –

काठमाडाैं, ३ जेठ । पल्सर स्पोर्टस अर्वाडमा क्रिकेटकै बर्चश्व देखिएको छ । पल्सर स्पोर्टस अर्वाडको ७ मध्ये ४ विधाको अर्वाड जित्दै क्रिकेटले आफ्नो दबदबा राखेको हो । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का वर्षको उत्कृष्ट खेलाडी घोषित भए ।

यस्तै वर्षको उत्कृष्ट युवा खेलाडी सन्दिप लामिछने घोषित भए । उत्कृष्ट प्रशिक्षकको उपाधि पनि क्रिकेटकै जगत टमाटाले हात पारे । त्यस्तै वर्षका उत्कृष्ट प्लेयर क्रिकेटका करन केसी घोषित भए ।

यस्तै ब्याडमिन्टनकी शोभा गौचन महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी छन् । त्यस्तै टेबलटेनिसका स्यान्टु श्रेष्ठले पिपुल च्वाइस अवार्ड जिते । पूर्वफुटबलर अशोक केसीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

पारा एथलिट अर्वाड हिमाल लम्सालले हात पारे । वर्षका उत्कृष्ट खेलाडी, पिपल च्वाइस अर्वाड, स्पेशल अर्वाड र उत्कृष्ट प्रशिक्षकले पल्सर मोटरसाइकल पाएका छन् भने अन्य विधामा उत्कृष्ट भएकाहरुले ५० हजार नगद प्राप्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);