उपाधिका लागि थ्रीस्टार र मनाङ मर्स्याङ्दीबीच प्रतिष्पर्धा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

उपाधिका लागि थ्रीस्टार र मनाङ मर्स्याङ्दीबीच प्रतिष्पर्धा हुने

इलाम, १५ वैशाख । इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको उपाधीका लागि थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।

शनिबार भएको दोस्रो सेमीफाइनल खेलमा सशस्त्रको एपीएफलाई २–० गोलअन्तरले पराजित गर्दै थ्रीस्टारले मनाङ मस्र्याङ्दीसँगको भेट पक्का गरेको हो ।

पहिलो हाफको इन्जुरी समयमा थ्री स्टारका लागि विमल घर्ती मगरले पहिलो गोल गरे । त्यस्तै खेलको ९० औँ मिनेटमा थ्री स्टारका मार्टिन्सले अर्को गोल गर्दै फाइनलको यात्रा पक्का गरेका हुन् ।

 

फाईनल खेलको विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपबिजेताले चार लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । यसैगरी सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

 

खेलको म्यान अफ दि म्याच विमल घर्ती मगर नै भए । उनले नगद १० हजारसँगै चाँदीको मेडल प्राप्त गरे । माइभ्याली गोल्डकपको फाईनल खेल सोमबार हनेछ ।

फाईनल खेलको विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपबिजेताले चार लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले यमाहाको १ सय ५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछ । त्यसैगरी सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);