मच्छिन्द्र क्लव बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मच्छिन्द्र क्लव बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश

धरान, १३ फागुन । विमल घर्तीमगरको ह्याट्रिकमा सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लव २२ औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ ।

सुनसरीको धरानमा जारी गोल्डकपमा मंगलबार पाहुना टोली सण्डे एफसी कलकत्ता भारतलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

मच्छिन्द्रको जितमा विमल घर्तीमगरले ह्याट्रिक पूरा गरे । बिमलले खेलको २१ औं, ८० औं र ८७ औं मिनेटमा गोल गरे भने विशाल राई ‘बी’ले २ गोल गर्दा रेजिन सुब्बाले १ गोल गरे ।

सण्डे एफसीका तर्फबाट एक मात्र सान्त्वना गोल सञ्जिव बउरीले खेलकोे ८३ औं मिनेटमा गरेका थिए । अब मच्छिन्द्रले सेमिफाइनलमा पाहुना टोली यूकेएफसी खरस्याङ भारतसंग भिड्ने छ ।

बुधबार पहिलोे सेमिफाइनल खेल नेपाल पुलिस क्लव र मनाङ मर्स्याङदी क्लवबीच हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);