च्याम्पियन्स लिग : चेल्सीविरुद्ध बायर्नको शानदार जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

च्याम्पियन्स लिग : चेल्सीविरुद्ध बायर्नको शानदार जित

chelsea vs bayern

एजेन्सी, १४ फागुन । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो लेगको खेलमा इंग्लिस क्लब चेल्सी पराजित भएको छ । मंगलबार राति स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा चल्सी जर्मन क्लब बायर्न म्युनिकसँग ३–० ले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बनेको खेलको ५१ औं र ५४ औं मिनेटमा ग्नाब्रीले गोल गर्दै बायर्नलाई दुई गोलको अग्रता दिलाएका थिए । यो दुबै गोलमा रोबर्ट लेवान्डोस्कीले एसिस्ट गरेका थिए । ७६ औं मिनेटमा बार्यनका लागि लेवान्डोस्कीले पनि गोल गरे ।

खेल अवधिभर बायर्नको दबाबमा परेको चेल्सीका मार्कोस अलोन्सो ८३ औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि चेल्सी झन् दबाबमा परेको थियो । पराजयसँगै चेल्सीको क्वार्टर फाइनल पुग्ने सम्भावना अत्यन्त न्यून बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);