च्याम्पियन्स लिग : साविक विजेता लिभरपुल पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

च्याम्पियन्स लिग : साविक विजेता लिभरपुल पराजित

napoli vs liverpool

एजेन्सी, १ असोज । च्याम्पियन्स लिग फुटबलमा साविक विजेता लिभरपुल पहिलो खेलमानै पराजित भएको छ । च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा इङ्लिस क्लब लिभरपुल ईटालियन क्लब नापोलीसंग २–० गोल अन्तरले पराजित भएको हो ।

नापोलीको घरेलु मैदानमा भएको खेलको अन्तिम ८ मिनेटमा दुई गोल खाँदा लिभरपुल हार बेहार्न बाध्य भएको हो । नापोलीको जितका लागि मार्टिनेज र लोरेन्टीले समान एक-एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरी भएकोमा खेलको ८२ औं मिनेटमा मार्टिनेजले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ईन्जुुरी समयमा लोरेन्टीले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।

त्यस्तै च्याम्पियन्स लिग अन्तर्गतकै अन्य खेलहरुमा स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरी खेलेको हो ।

साथै डच क्लब आयाक्सले फ्रेन्च लिलीलाई ३–० गोलअन्तरले पराजित गर्दा स्पेनिस भ्यालेन्सियाले इङ्लिस क्लब चेल्सी माथि १–० को जित निकालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);