माइभ्यालि गोल्डकप : मैदानमा प्यारापिट नहुँदा प्रतियोगिता अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

माइभ्यालि गोल्डकप : मैदानमा प्यारापिट नहुँदा प्रतियोगिता अस्तव्यस्त

parapet

टिका खतिवडा
इलाम, १६ बैशाख । पूर्वी पहाडी जिल्लाको सर्वाधिक पुरस्कार राशीको माइभ्यालि गोल्डकप प्रतियोगिता इलाममा चलिरहेको छ । तर खेल मैदानमा प्यारापिट नहुँदा प्रतियोगिता अस्तव्यस्त भएको छ ।

पूर्वी पहाडी जिल्लाको सर्वाधिक पुरस्कार राशीको माइभ्यालि गोल्डकप प्रतियोगिता इलाममा चलिरहेको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय टिमको सहभागिता छ । तर खेल मैदानमा प्यारपिट व्यवस्थित नहुँदा प्रतियोगिता अस्तव्यस्त भएको छ । फुटबल प्रतियोगिता हेर्नको लागि पूर्वी पहाडी जिल्लाका खेलप्रेमी इलाम आउने गरेका छन् । प्यारापिट नहुँदा प्रतियोगिता हेर्न कठिन भएको दर्शकहरुको गुनासो छ ।

अस्थाइ प्यारापिट बनाएर प्रतियोगिता संचालन गर्ने गरिएको छ । प्रत्येक बर्ष प्यारापिट बनाउनको लागि आठ लाख बढि खर्च हुने गरेको आयोजजको भनाई छ । माइभ्याली प्रतियोगिता सुरु भएको चार बर्ष भयो । प्यारपिट बनाउन अहिलेसम्म ३२ लाख खर्च भएको छ । अस्थाइ प्यारापिट बनाउन गरिएको खर्चले पक्की प्यारापिट बन्ने सरोकारवालाको भनाई छ । बर्सेनी प्यारापिट बनाउँदा प्रतियोगिताको खर्च बढेको आयोजकको भनाई छ ।

इलाम सदरमुकाममा रहेको टुँडिखेल नेपाली सेनाको समित्वमा भएकाले आयोजकले प्यारापिट बनाउन नसकेको हो । जिल्लामा खेलकुदको विकास गर्ने हो भने सम्बन्धित निकायले सुविधा सम्पन्न प्यारापिट बनाउन पहल गर्नु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);