त्रिभुवन आर्मी क्लब झापामा जारी रमपम झापा गोल्डकपको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

त्रिभुवन आर्मी क्लब झापामा जारी रमपम झापा गोल्डकपको सेमिफाइनलमा

१८ माघ, झापा ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब झापामा जारी रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार भएको खेलमा आर्मीले रुपन्देही–११ लाई २–० गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

त्रिभुवन आर्मी क्लब झापामा जारी रमपम झापा गोल्डकपको सेमिफाइनलमा

१८ माघ, झापा ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब झापामा जारी रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार भएको खेलमा आर्मीले रुपन्देही–११ लाई २–० गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा भएको प्रतिस्पर्धामा खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । आर्मीले दोस्रो हाफको १५औँ मिनेटमा गोलको खाता खोल्यो । आर्मीका विमल पाण्डेको पासमा नवयुग श्रेष्ठले शानदार गोल गरी टिमलाई अग्रता दिलाए ।

दोस्रो गोल कप्तान भरत खवासले गरे । दोस्रो हाफको २८ औँ मिनेटमा टेकबहादुर बुढाथोकीको पासलाई सदुपयोग गर्दै भरतले जाली चुमाउँदै २–० को जीत सुनिश्चित गरे । राष्ट्रिय खेलाडीले भरिएको त्रिभुवन आर्मी क्लब खेलको सुरुवातदेखि नै आक्रमक देखिएको थियो । तर, उसले गोल गर्ने दर्जनौँ अवसर भने गुमाएको थियो । यद्दपि, खेल अवधिभर आर्मीले गोल आफ्नो पकडमा राख्यो । खेल अवधिभर रुपन्देहीका गोलरक्षक दिलिप क्षेत्री निकै व्यस्त भए । खेलको ११ औँ मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले हेडमार्फत गोल गर्ने अवसर गुमाए ।

१४ औँ मिनेटमा टेकबहादुरकै अर्को प्रहार रुपन्देहीका कप्तानसमेत रहेका गोलरक्षक दिलिप क्षेत्रीले बचाएका थिए । २३ औँ मिनेटमा आर्मीका कप्तान भरत खवासको हेड गोल पोष्टमा लागेर फर्कियो । ३५ औँ मिनेटमा रुपन्देहीका शिव सुवेदीले पनि हेडमार्फत गोल गर्ने सुनौलो मौका गुमाए । दोस्रो गोल गरेका आर्मीका कप्तान भरत खवासले अन्य आधा दर्जन सुनौला अवसर गुमाए । खेलको म्यान अफ द म्याच आर्मीका नवयुग श्रेष्ठ घोषित भए । बुधबार आयोजक रमपम झापा–११ र सुदुरपश्चिम फुटबल क्लबबीच सेमीफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);