नेपाल पुलिस क्लब पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपाल पुलिस क्लब पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश

झापा, १९ कात्तिक । विभागीय टोली नेपाल पुलिस क्लब झापामा जारी हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा अर्को विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पेनाल्टीमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो ।

झापाको बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा पुगेको थियो । नियमित समयमा हरि कार्कीले ३० औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा नेपाल पुलिसका भोला सिलवालले गोल गर्दै खेल बराबरीमा राखेका थिए । पेनाल्टीमा पुलिसका लागि भरत शाह, हेम तामाङ, मानबहादुर परियार, अन्जन राई र भोला सिलवालले गोल गरे ।

त्यस्तै, एपीएफका लागि सुदिप शिख्रकार, नविन लामा, आशिष लामा र रवि थिङले गोल गरे । खेलमा पुलिसका भोला म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत बुधबार त्रिभुवन आर्मी क्लब र भारत असामको मोलवे एफसीबीच खेल हुनेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजारसहित ट्रफी पाउनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);