हिमालयन शेर्पालाई हराउँदै त्रिभूवन आर्मी आठौं सिमरा गोल्डकपको फाईनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हिमालयन शेर्पालाई हराउँदै त्रिभूवन आर्मी आठौं सिमरा गोल्डकपको फाईनलमा

श्याम गुप्ता
२७ माघ,बारा ।
हिमालयन शेर्पा क्लबलाई हराउँदै त्रिभूवन आर्मी क्लब सिमरामा जारी आठौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । बाराको सिमरा रंगशालामा बिहिवार भएको दोस्रो सेमिफाईनल खेलमा शेर्पाविरुद्ध २–१ को जित निकाल्दै आर्मी अन्तिम दुईमा प्रवेश गरेको हो । आर्मीका लागी एक गोल टंक बस्नेतले गरेका थिए भने एक गोल आत्मघाती

हिमालयन शेर्पालाई हराउँदै त्रिभूवन आर्मी आठौं सिमरा गोल्डकपको फाईनलमा

श्याम गुप्ता
२७ माघ,बारा ।    
हिमालयन शेर्पा क्लबलाई हराउँदै त्रिभूवन आर्मी क्लब सिमरामा जारी आठौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । बाराको सिमरा रंगशालामा बिहिवार भएको दोस्रो सेमिफाईनल खेलमा शेर्पाविरुद्ध २–१ को जित निकाल्दै आर्मी अन्तिम दुईमा प्रवेश गरेको हो । आर्मीका लागी एक गोल टंक बस्नेतले गरेका थिए भने एक गोल आत्मघाती भएको थियो । शेर्पाका लागी हेमन गुरुङले एक गोल गरे ।

जितसंगै फाईनलमा प्रवेश गरेको आर्मीले अब उपाधी भिडन्तका लागि शनिवार सिएमजी संकटा क्लबसंग खेल्नेछ । साविक बिजेता बिजय युथ क्लबलाई पराजित गर्दैै संकटा हिजो फाईनलमा प्रवेश गरेको थियो । शेर्पाको तुलनामा निकै उत्कृष्ट खेल प्रस्तुत गरेको आर्मी निकै हाबी देखियो । सुरुवातदेखीनै शेर्पालाई दवावमा राखेको आर्मीले पहिलो हाफमा गोल गर्ने थुप्रै अवसर खेर फाल्यो ।

आर्मीका भरत खवास र नवयुग श्रेष्ठले थुप्रै अवसर खेर फाल्दा खेलमा अग्रता लिन ४२ मिनेट सम्म पर्खनु प¥यो । आर्मीका पदम तामाङले प्रहार गरेको बल क्रसबारमा लागेर फर्किने क्रममा शेर्पाका मानबहादुर गुरुङको छातिमा लागेर जाली चुमेको थियो । शेर्पाको आत्मघाती गोलसंगै अग्रता लिएको आर्मीले त्यसपछि पनि थुप्रै अवसर चुकायो । खेलको ४५ मिनेटमा नवयुग श्रेष्ठले मिलाएको पासलाई भरतले सदुपयोग गर्न सकेनन् । दवावमा देखिएको शेर्पाले पहिलो हाफको ईन्जुरी समयमा बराबरी गोल फर्कायो ।

चार मिनेट थपिएको ईन्जुरी समयमा शेर्पाका हेमन गुरुङले झण्डै २५ यार्ड टाढाबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । गुरुङको उत्कृष्ट गोलसंगै खेलमा फर्किएको शेर्पाले दोस्रो हाफमा पनि निकै दवावको सामना ग¥यो । खेलको ५७ मिनेटमा आर्मीका टंक बस्नेतले उत्कृष्ट गोल गरे । आर्मीका रक्षापंक्तीबाट रिबाउण्ड भएर आएको बललाई प्रहार गर्दै टंकले गोल गरेका हुन् । आर्मीको लगातारको प्रयास रोक्न हम्मेहम्मे परेको शेर्पाको दोस्रो हाफमा खासै अवसर बनाउन सकेन ।

खेलको ६९ मिनेट  भरत खवासले प्रहार गरेको बल पोष्टमा लागेर फर्किदा आर्मीले अग्रता बढाउन नसक्दा २–१को जित हात पा¥यो । शेर्पाका प्रशिक्षक बिकाश मानन्धरले आर्मीविरुद्ध आफ्नो टिमले उत्कृष्ट खेल पस्कन नसकेको बताए । बिभागिट टिमविरुद्ध आफ्नो खेलाडीको फिटनेशमा कमजोरी देखिएको मानन्धरको भनाई थियो ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले फिनिसिङ पक्ष कमजोर देखिदा फराकिलो जित हात पार्न नसकेको बताए । टिमको प्रदर्शन उत्कृष्ट रहेपनि फिनिसिङमा खेलाडी धेरै चुकेको न्यौपानेले बताए । आजको खेलको म्यान अफ दि म्याच शेर्पाका गोलरक्षक किशोर गिरि घोषित भए । उनले पाच हजार नगद प्राप्त गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);