पद्मा मिडिया नेटवर्कको विशेष कार्याशाला सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पद्मा मिडिया नेटवर्कको विशेष कार्याशाला सम्पन्न

२५ माघ, चितवन । श्रव्य दृष्य माध्यममा काम गर्ने संचारकर्मीहरुको क्षमता अभिबृद्धी र व्यसायिक पत्रकारिताको विकासका लागि चितवनको भरतपुरमा आयोजित विशेष प्रशिक्षण र कार्यशाला मंगलबार सम्पन्न भएको छ । माउन्टेन टेलिभिजन, भक्तिदर्शन ईन्टरनेशनल टेलिभिजन र विजनेश प्लस गरी तीन वटा टेलिभिजनमा आवद्ध संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

सो कार्यशालामा विद्युतिय संचारमाध्यममा भईरहेको नया नया प्रयोग टेलिभिजन रिपोर्टिङ सम्पादन छायांकन विविधता युक्त समाचारको प्रस्तुती लगायतका टेलिभिजन विधाका विविध पक्षमाथि जानकारी गराईएको थियो । प्रशिक्षार्थीहरुले आधुनिक प्रविधि श्रब्व दृष्यका प्रयोगात्मक कक्षाका माध्यमबाट जुनसुकै परिस्थितीमा कार्य गर्न सक्ने जानकारी प्राप्त गरेका थिए । माउन्टेन टेलिभिजन भक्तिदर्शन र विजनेश प्लस गरी तीन वटा च्यानल संचालन गर्दै आएको पद्मा मिडिया नेटवर्क प्रालिद्वारा आयोजित सो विशेष प्रशिक्षण कार्यशालामा आयोजक संस्थासग आवद्ध एक सय भन्दा बढी संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

समारोहमा बन तथा भुसंरक्षण मन्त्री शंकर भण्डारीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले देश नव निर्माणको क्रममा रहेको बेला निजि क्षेत्रका टेलिभिजन कम्पनीले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । समारोहको अध्यक्षता गर्दै पद्मा गु्रपका अध्यक्ष राजु प्रसाद कडेलले गाउँघर र दुर्गम क्षेत्रका समाचारहरु छिटो छरितो प्रशारण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले आउँदो फागुन ७ गतेदेखि न्यूज च्यानललाई अझ बढी सशक्त ढंगले प्रशारण गरिने जानकारी दिनुभयो । सो अवसरमा सेटेलोईटका माध्यमबाट प्रशारण भईरहेको तीन ओटा च्यानलले आफ्नो प्रशारणको पहुच देशभर पुर्याई जनताबीच लोकप्रिय बन्दै गएको कुरा अन्य वक्ताहरुले बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);