झापामा जारी रमपम गोल्डकप फुटबल प्रतियोगितामा एनआरटी विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

झापामा जारी रमपम गोल्डकप फुटबल प्रतियोगितामा एनआरटी विजयी

झापा, माघ १६ । झापामा जारी रमपम झापा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा न्यूरोड टिम (एनआरटी) विजयी भएको छ । आइतबार सम्पन्न खेलमा एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित ग¥यो । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशाला भएको प्रतिस्पर्धामा अग्रता भने नेपाल पुलिसले लिएको

झापामा जारी रमपम गोल्डकप फुटबल प्रतियोगितामा एनआरटी विजयी

झापा, माघ १६ । झापामा जारी रमपम झापा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा न्यूरोड टिम (एनआरटी) विजयी भएको छ । आइतबार सम्पन्न खेलमा एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित ग¥यो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशाला भएको प्रतिस्पर्धामा अग्रता भने नेपाल पुलिसले लिएको थियो । खेलको पहिलो गोल पुलिसका विक्रम धिमालले गरे । सुदिप राईको कर्नर प्रहारलाई उनले ३१ औँ मिनेटमा गोल गरी पुलिसलाई १–० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा एनआरटीले सम्हालिएको प्रर्दशन ग¥यो । यद्दपि, गोल गर्ने थुप्रै अवसर खेर फाल्यो । खेलको ८३औँ मिनेटमा एनआरटीका गोलरक्षक अशोक बराल रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

 

त्यसपछि अर्का गोलरक्षक सन्देश गुरुङलाई मैदान प्रवेश गराएका गरेका थिए । ९४औँ मिनेटमा एनआरटीका अशोक थापा मगरले शानदार गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा फर्काए । निर्धारित समयमा १–१ गोलको बराबरी भएसँगै २० मिनेट समय थप गरिएको थियो । थप समयमा एनआरटी लयमा फर्कियो । १०४ औँ मिनेटमा एनआरटीका अशोक थापा मगरको प्रहारलाई राज पौडेलले शानदार गोल गर्दै टीमलाई २–१ को जीत दिलाए । थप समयमा पुलिसका केही कडा प्रहार एनआरटीका गोलरक्षक शन्देश गुरुङले बचाउ गरे ।

 

पुलिसका अञ्जन राई, विकास राई र अनुप लिम्बू तथा एनआरटीका सरोज योञ्जन र अभिषेक रिजालले पहेँलो कार्ड पाए । खेलको म्यान अफ द म्याच एनआरटीका अशोक थापा मगर घोषित भए । सोमबारको खेल हिमालयन शेर्पा क्लब काठमाडौँ र विभागीय टोली एपीएफबीच हुने आयोजकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);