युरोपियन फुटबल च्याम्पियनसीपः एटिएनेलाई फराकिलो अन्तरले हराउँदै पिएसजीे बिजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

एजेन्सी, १० भदौ । गएराती भएको युरोपियन फुटबल च्याम्पियनसीप अन्तर्गत पिएसजी र एटिएनेबीच भएको खेलमा पिएसजीे बिजयी भएको छ ।

 

पेरिस सेन्ट जर्मन (पिएसजी) ले एटिएनेलाई ३–० को बिरुद्व हराएको हो । खेलमा एडिसन कभानीले पिएसजीका लागि २ गोल गर्दै नायक साबित भएका हुन् ।

 

उनले स्याइडी जानकोको फलले गर्दा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै पहिलो गोल गरेका थिए । त्यस्तै थीयागो मोटाले गोल गर्दै पियसजीलाई २–० को अग्रता दिलाएका थिए । नेइमारको फ्रि किकलाई सदुपयोग गर्दै उनले दोस्रो गोल गरेका थिए । खेलको अन्त्यतिर कभानीले व्यत्तिगत २ गोल गरेका थिए ।

 

लगातार तीन खेल जितेको एटिएनेले भने जवाफमा १ गोल पनि फर्काउन सकेन ।


किर्तीमानी रकमका साथ पिएसजीमा भित्रीएका नेइमारले गोल गर्न नसकेपनि उनको प्रदर्शन उत्साहजनक नै रह्यो ।

 

एन बी ए का खेलाडी स्टेप करीले मैदान बाहिरबाट नेइमारको सर्पोटमा पिएसजीको टिर्सट हल्लाएर उत्साह थपेका थिए ।

 

पिएसजीको यो लगातार चौथो जित हो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);