बार्सिलोनाले खेलाडीको तलव कटौतीका लागि प्रक्रिया अगाडी बढायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बार्सिलोनाले खेलाडीको तलव कटौतीका लागि प्रक्रिया अगाडी बढायो

fc barcelona

एजेन्सी , २१ असोज । स्पेनीस क्लव बार्सिलोनाले खेलाडी र स्टाफको तलव कटौतीका लागि फेरी प्रक्रिया अगाडी बढाएको छ । कोरोना भाइरसका कारण आर्थिक समस्या परेको भन्दै बार्सिलोनाले युनिभर्सल नियम अनुसार पहिलो टिमका खेलाडी र स्टाफको तलव कटौतीका लागि प्रक्रिया अगाडी बढाएको हो ।

बार्सिलोनाले टिमका खेलाडीलाई तलव कटौतीका लागि गठन भएको बिजनेश कमिटीमा बस्नका लागि आफ्नो प्रतिनिधी तयार पार्न आग्रह गर्दै उनीहरुलाई तलव कटौतीमा बार्गिनिङ गर्न नपाउने समेत बताएको छ । स्पेनमा आर्थिक कारोवार समस्यामा परेकाले सरकारले नै आपतकालिन घोषणा गरेको छ ।

त्यसैका आधारमा बार्सिलोनाले पनि आफ्ना खेलाडी र स्टाफको तलव कटौती गर्न लागेको हो । यसका लागि बार्सिलोनाले इआरटीईमा निवेदन दिएको छ । बार्सिलोनाका खेलाडीको तर्फबाट लियोनल मेस्सीले यसको अगुवाई गरिरहेको बताइएको छ ।

यति खेलाडीले तलव कटौतीमा सहमति जनाएमा कम आम्दानी गर्ने कर्मचारीले भने नियमित तलव पाउने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);