आइपीएलः राजस्थानलाई हराउँदै मुम्बई शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आइपीएलः राजस्थानलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

एजेन्सी, २१ असोज । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इण्डियन्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति अबुधाबीस्थित शेख जायद क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो । राजस्थानका लागि जोस बट्लरले ७० जोफ्रा आर्चरले २४ रन जोड्दा टम करनले १५ रन बनाए । महिपाल लोमरोरले ११ बनाउदा कप्तान स्टिभ स्मिथ ६ रनमा आउट भए ।

मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए । ट्रेन्ट बोल्ट र जेम्स पाटीनसनले २÷२ विकेट लिदा केइरन पोलार्ड, राहुल चाहरले एक÷एक विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादबले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान रोहित शमार्ले ३५, क्विन्टन डी ककले २३, हार्दिक पाण्डेयले अविजित ३० रन जोड्दा कुर्नाल पाण्डयले १२ रन बनाए । राजस्थानका श्रेयस गोपालले २ विकेट लिए । जोफ्रा आर्चर र कार्तिक त्यागीले १÷१ विकेट लिए । जितसँगै मुम्बईले ५ खेलमा ८ अंक जोडेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);