आईपीएल टी–ट्वान्टीः कोलकत्ता नाइट राइडर्ससँग १० रनले चेन्नई सुपर किङ्स पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आईपीएल टी–ट्वान्टीः कोलकत्ता नाइट राइडर्ससँग १० रनले चेन्नई सुपर किङ्स पराजित

एजेन्सी, २२ असोज । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले तेस्रो जित निकालेको छ ।

अबुधाबीको शेख जायद क्रिकेट स्टेडियममा बुधबार राति सम्पन्न खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकत्ताले तेस्रो जित निकालेको हो ।

कोलकत्ताले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन बनाउन सक्यो । चेन्नईका सेन वाट्सनले ५०, अम्बाती रायडुले ३० रन जोड्दा फाप डु प्लेसिस र साम करनले १७/१७ रन जोडे । भने कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट हुँदा, रविन्द्र जडेजा २१ रनमा अविजित रहे भने केदार जाधबले अविजित ७ रन बनाए ।

कोलकत्ताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा अलआउट हुँदै १ सय ७० रन बनाएको थियो । कोलकत्ताका लागि राहुल त्रिपाठीले ८१ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै सुनिल नारिन १७, सुबमान गिल ११, कप्तान दिनेश कार्तिक १२ रनमा आउट हुँदा पाट कुमिन्सले अविजित १७ रन जोडे ।

चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए । यस्तै सार्दुल ठाकुर, साम करन र कर्ण शर्माले २/२ विकेट लिए । जितसँगै कोलकत्ताले ५ खेलमा ६ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);