आफूले स्काउटको कार्यसमिति गठन गरेको खेलकुदमन्त्रीको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

काठमाडौँ, ९ भदौ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले प्रधानमन्त्रीको आदेशअनुसार आफूले स्काउटको कार्यसमिति गठन गरेको दाबी गरेका छन् ।

 

नेपाल स्काउटको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री केसीले नेपाल स्काउटको प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्रीकै आदेश र लामो समयसम्म स्काउटको कार्यसमिति गठन नभएकाले आफूले नै गठन गरिदिएको बताएकाछन् । यता सर्वोच्च अदालतले भने नेपाल स्काउटको कार्यसमिति भंग नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । तर मन्त्री केसीले स्काउटको दिक्षान्तर समारोहमा बोल्दै आफूलाई सर्वोच्चले जारी गरेको अन्तरिम आदेशबारे जानकारी नभएको बताए ।

 

भदौ ६ गते युवा तथा खेलकुद मन्त्री केसीले नेपाल स्काउटको निर्वाचित कार्य समिति भंग गरेर नयाँ कार्यसमिति गठन गरेको जनाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);