यू–१५ च्याम्पियनसिपः बंगलादेशलाई ४-२ले हराउँदै नेपाल फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौँ, ९ भदौ । साफ यू -१५ फुटबल अन्तर्गत सातदोबाटोको एन्फा मैदानमा भएको सेमीफाइनल खेलमा नेपाल बंगलादेश विरुद्ध ४–२ ले बिजयी भएको छ । नेपाल अब फाइनलमा भारतसँग भिड्ने छ ।

 

खेलको ६औँ र ३० औँ मिनेटमा नेपालका लागी आकाश बुढा मगरले दुई गोल गरेर पहिलाे हाफ मै २–० को अग्रता दिलाएका थिए । रन्दिप पौडेलको क्रसलाई डि बक्सभन्दा बाहिरबाट उनले गोलमा परिणत गरेका थिए ।

 

त्यस्तै ३० औ मिनेटमा दर्शन गुरुङको पासलाई दिपकले गोलका लागि हेड गरेको बललाई विपक्षी टिमका गोलरक्षकले फर्काएका थिए । खेलको दोस्रो हाफको ६५ औँ मिनेटमा विपक्षी टिमका नजमुल विश्वासको आत्मघाती गोल गरेका थिए ।

 

यसका साथै नेपालले ३–० को अग्रता पाएको थियो । त्यसका साथै खेलको अन्तिम ६ मिनेटमा नेपालका लागि ब्रिजेश चौधरीले रन्दिपको क्रसमा गोल गरेका थिए । लगातार दुई गोल गरेको बगंलादेश भने २ गोल मै सिमीत भएर पराजित भएको हो ।

 

हलचोकमा भएको अर्को सेमिफाइनलमा भारतले भुटानलाई ३–० ले हराउँदै फाइनलमा पुगेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);