यू -१५ च्याम्पियनः बगंलादेश विरुद्ध नेपाल २-० ले अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

काठमाडौं,  ९ भदौ । साफ यू- १५ फुटबल अन्तर्गत सातदोबाटोको एन्फा मैदानमा जारी खेलको पहिलो हाफमा नेपालले बगंलादेश विरुद्ध २–० को अग्रता हासिल गरेको छ । नेपालले फाइनलमा जाने प्रबल सम्भावना देखाउदै दोस्रो हाफको खेल सुरु गरेको छ ।

 

खेलको ६औँ र ३० औँ मिनेटमा नेपालका लागी आकाश बुढा मगरले दुई गोल गरेर पहिलो हाफ मै  २–० को अग्रता दिलाएका थिए । रन्दिप पौडेलको क्रसलाई डि बक्सभन्दा बाहिरबाट उनले गोलमा परिणत गरेका थिए ।

 

त्यस्तै ३० औ मिनेटमा दर्शन गुरुङको पासलाई दिपकले गोलका लागि हेड गरेको बललाई विपक्षी टिमका गोलरक्षकले फर्काएका थिए । पुनः सो बललाई रोशनले गोलमा परिणत गर्दा नेपाल २-० ले अगाडि भएको छ ।

 

हलचोकमा जारी अर्को सेमिफाइनलमा भुटानविरुद्ध भारतले १–० को अग्रता लिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);