यू–१५ः नेपालको बिजयी सुरुवात, माल्दिभ्स ६ गोलले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ , ६ भदौ । नेपालमा जारी साफ यू–१५ च्याम्पियनसिपमा माल्दिभ्सलाई फराकिलो अन्तरले हराउदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । सोमबार भएको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ६–० ले पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।

 

 

खेलको १३औँ मिनेटमा नेपालका लागि बिर्जेश चौधरीले दर्शन गुरुङको पासलाई गोलमा परिनत गरेर नेपाललाई १ गोलको अग्रता दिलाएका थिए । २१ औँ मिनेटमा दर्शन गुरुङले रञ्जन पुनको पासमा गोल गर्न सफल भएका थिए । कप्तान रोशन मगरले विपक्षी टिमको प्रतिस्पर्धी मोहम्मद फ्यान इमरानले ह्याण्ड गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाएका थिए । खेलको ४५औँ मिनेटमा वैकल्पिक खेलाडी आकाश बुढामगरले एक गोल गरेका थिए ।

 

 

आफ्नो अग्रता पहिलो हाफसम्म कायम नै राखेको नेपालले दोस्रो हाफको खेलको ४७ औँ मिनेटमा रोशनले, ७३ औँ मिनेटमा ब्रिजेशले गोल गर्दै नेपाललाई बिजयी बनाएका थिए ।

 

 

समुहको अन्तिम खेलमा नेपाल र भारत भिड्ने छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);