च्याम्यिन्स लिगः होफेनहायमलाई पराजित गर्दै लिभरपुल समुह चरणमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

एजेन्सी, ८ भदौ । च्याम्पियन्स लिगको गए राती भएको लिभरपुल र होफेनहायम बिच भएको खेलमा लिभरपुल होफेनहायमलाई हराउँदै समुह चरणमा प्रवेश गरेको छ ।


हिजो भएको दोस्रो लेगको खेलमा आक्रमक खेल खेलेको लिभरपुलले होफेनहायमलाई ४–२ ले पराजित गर्दै समुह चरणमा छनोट भएको हो ।
पहिलो लेगमा होफेनहेम विरुद्व २–१ले बिजयी हासिल गरेको लिभरपुलले दोस्रो लेगमा पनि होफेनहेमलाई ४–२ ले हराउँदै आफ्नो अग्रता कायम गरेको हो । समग्रमा लिभरपुले ६–३को जित हात पारेर समुह छनोट चरणमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

 

मैदानमा आक्रकमक शैलीमा उत्रिएको लिभरपुलका लागि इमरे चानले १० औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै १८औँ मिनेटमा लिभरपुलका मोहोम्मद सलाहले गोल गरेका थिए भने खेलको २१ औँ मिनेटमा रोबर्टो फमिर्नोले गोल थप्दै आफ्ना घरेलु टिमलाई ३–०को अग्रता दिलाएका थिए । खेलको २८औँ मिनेटमा होफेनहायमका लागि मार्क उथले गोल फर्काए । पहिलो हाफमा ३–१ को अग्रता पाएको लिभरपुललाई खेलको ६३औँ मिनेटमा रोबर्टो फमिर्नाेले व्यक्तिगत दोस्रो गोल गर्दै ४–१को अन्तर दिलाएका थिए । खेलको ७९औँ मिनेटमा स्यान्ड्रो व्याग्नरले होफेनहायमका लागि गोल गरे पनि लिभरपुलको उत्कष्ट प्रदर्शनका कारण छनोट चरणमा छानिएको हो ।
लिभरपुलसँगै यो पल्ट पाँच इगंलिस टिम छनोट चरणमा प्रवेश भएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);