साफ यू-१५ : नेपालद्वारा माल्दिभ्स ४-० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

साफ यू-१५ : नेपालद्वारा माल्दिभ्स ४-० गोल अन्तरले पराजित

काठमाडौं, ८ कात्तिक । नेपालले साफ यू–१५ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।  सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा समूह एमा रहेको नेपालले माल्दिभ्सलाई ४–० गोलको फराकिलो अन्तरले हरायो ।

खेलभरि नै माल्दिभ्सलाई दवावमा राखेको नेपालले २८औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । माल्दिभ्सका नबुमान मोहम्मदले डिबक्सभित्र नेपालका राकेश विश्वकर्मालाई फल गरेपछि पाएको पेनाल्टीमा जान लिम्बुले गोल गरेका थिए ।

३८औं मिनेटमा नेपालका राकेशको पासमा पेनाल्टी एरियाबाट नमास थापामगरको शानदार भली प्रहार गोलमा परिणत हुँदा नेपालले २–० को अग्रता बनायो ।

पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा पनि २ गोल नै थप्यो । ६३औं मिनेटमा शशांक बोहोराले नेपाललाई तेस्रो अग्रता बनाउँदा ७०औं मिनेटमा सब्सिच्युड खेलाडी दिपेश राईले गोल गरी नेपाललाई ४–० को जित दिलाए । दिपेश ६३औं मिनेटमा नमास थापामगरको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यसअघि बिहीबारै भएको उद्घाटन खेलमा समूह बी बाट पाकिस्तानले चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । खेलको ३१औं मिनेटमा पाकिस्तानले खेलमा अग्रता बनाएको थियो ।

उसका लागि अन्दान जस्टिनले गोल गरेका थिए । दोस्रो हाफको सुरुमै भारतले बराबरी गोल फर्काएको थियो । ५३औं मिनेटमा थालाचुईले गोल गरेका थिए ।

तर, भारतमाथि लगातार आक्रमण बुनेको पाकिस्तानका लागि बासिफले ८५औं मिनेटमा निर्णायक गोल गर्दा साविक विजेता भारत २–१ ले पराजित हुन पुग्यो

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);