नेपाल स्काउटले स्थानीय स्काउट समिति घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल स्काउटले स्थानीय स्काउट समिति घोषणा

काठमाडाैं । नेपाल स्काउटले स्थानीय स्काउट समिति घोषणा गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बिच नेपाल स्काउटले सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमा स्थानीय स्काउट समिति घोषणा गरेको हो । स्काउटले सबै पालिकाहरुमा संयोजक तोकेको छ ।

प्रदेशस्तरिय स्काउट आधारभुत तालिमबाट करिब ४ हजार भन्दाबढी युवाहरुलाई स्काउट मास्टरको रुपमा उत्पादन गरिएको तथा ७ सय ५३ वटै स्थानिय तहमा स्काउटको संरचना निर्माण गरिएको हो ।

स्काउटले बि.सं. २०६८ साल यता बनेका सम्पूर्ण स्थानीय परिषद् तथा स्थानीय कार्यसमितिलाई खारेज गर्दै सो निकायहरुले गर्दै आएका काम र भोगचलन गरिरहेका चलअचल सम्पतिहरु सम्बन्धित स्थानीय स्काउटको मातहतमा जाने निर्णय पनि गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);