छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

motercycle durghatana

काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ नागवेलीस्थित सडकमा ना.१ च ९३९ नम्बरको बलेरो अनियन्त्रित भई सडकमा पल्टिएर बुधबार बिहान दुर्घटना हुँदा बलेरोमा सवार उदयपुरगढी गाउँपालिका-१ बस्ने ३७ वर्षीय शिव खत्रीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा हुँदै थप उपचाको क्रममा न्यूरो अस्पताल
विराटनगरमा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका बलेरोमा सवार १२ जना मध्ये ६ जनाको जिल्ला अस्पताला गाईघाट र अन्य ६ जनाको न्यूरो अस्पताल विराटनगरमा उपचारको भइरहेको छ । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै रुपन्देही सियारी गाउँपालिका-३ जगहथास्थित सडकमा लु.२ त ६४०१ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने बिक्रम गुप्ताको १२ वर्षीय छोरा रबिन्द्र गुप्ताको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);