इंग्लिस प्रिमियर लिग : आर्सनलद्धारा एस्टन भिल्ला पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

इंग्लिस प्रिमियर लिग : आर्सनलद्धारा एस्टन भिल्ला पराजित

arsenal vs aston-villa

एजेन्सी, ६ असोज । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतवार राति भएको खेलमा आर्सनल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा १० खेलाडीमा सीमित भएर १–० ले पछि परे पनि दोस्रो हाफमा खेलमा फर्किँदै आर्सनलले एस्टन भिल्लालाई ३–२ ले पराजित गरेको हो ।

२० औँ मिनेटमा जोन म्याकजिनको गोलबाट एस्टन भिल्लाले सुरुवाती अग्रता लियो । गोलखाएको आर्सनलका लागि ४१ औँ मिनेटमा अर्को झड्का लाग्यो, माइट्ल्याण्ड–निल्स दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । दोस्रो हाफमा घरेलु टोली आर्सनल खेलमा फर्कियो । ५९ औँ मिनेटमा पाएको पेनाल्टीमा निकोलास पेपेले आर्सनलका लागि बराबरी गोल गरे ।

त्यसको एक मिनेटपछि वेस्लीले एस्टन भिल्लाका लागि गोल गर्दै पुनः अग्रता दिलाए । ८१ औँ मिनेटमा क्यालम च्याम्बरले आर्सनलका लागि गोल गर्दै खेल फेरि बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि पिएर–एमरिकले गोल गर्दै टिमलाई ३–२ को जित दिलाए ।जितपछि ६ खेलबाट ११ अंक जोड्दै आर्सनल चौथो स्थानमा उक्लिएको छ । चार अंकसहित एस्टन भिल्ला १८ औँ स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);