स्पेनिस ला लिगा : रियल मड्रिडद्वारा सेभिया पराजित | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

स्पेनिस ला लिगा : रियल मड्रिडद्वारा सेभिया पराजित

la liga sevilla vs real madrid

एजेन्सी, ६ असोज । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई पराजित गरेको छ । सेभियाको घरेलु मैदानमा सोमबार विहान भएको खेलमा रियल मड्रिडले सेभियामाथि १–० को कठिन जित निकालेको हो ।

रियलको जितका लागि खेलको ६४ औ मिनेटमा एकमात्र गोल करिम बेन्जिमाले गरेका हुन् । जितसँगै रियल मड्रिडले घरेलु लिगमा यो सिजन आफ्नो अपराजित यात्रा कायम राखेको छ । च्याम्पियन्स लिगको सिजनको पहिलो खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) संग ३–० ले हारेपछि प्रशिक्षक जिदानलाई दबाब थपिएको थियो । यो जितसँगै रियलले ला लिगामा आफ्नो लय समातेको छ ।

दोस्रो स्थानको रियलले ५ खेलबाट ११ अंक जोडेको छ । पहिलो स्थानमा एथ्लेटिक बिब्लाओको पनि ११ अंकनै रहेको छ । सेभिया १० अंक सहित पाँचौ स्थानमा छ । समान ५ खेल खेलेको एथ्लेटिको म्याड्रिड १० अंकसहित तालिकाको छैटौँ स्थानमा रहेको छ भने ७ अंकसहित बार्सिलोना अंक तालिकाको आठौँ स्थानमा रहेको छ ।