रियल मड्रिडले फेरि गुमायो एक स्थान उक्लने अवसर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रियल मड्रिडले फेरि गुमायो एक स्थान उक्लने अवसर

real madrid

काठमाडौँ,२१ माघ । ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडलाई फेरि अर्को धक्का लागेको छ । यस सिजनको सुरु देखि नै खराब नतिजा निकाल्दै चौथो स्थानमा सीमित भएको रियल मड्रिडले शनिबारको खेलमा लेभान्टेसँग २ -२ को बराबरीमा रोकिँदा ३ अंक जोडि तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ ।

लेभान्टेको होम ग्राउण्डमा भएको खेलमा प्रारम्भिक अग्रता रियल मड्रिडले लिएको थियो । स्पेनिस खेलाडी सर्जिओ रामोसले ११ औं मिनेटमा गरेको गोलबाट अग्रता बनाएको रियलले ४२ औं मिनेटमा बराबरी गोल खान पुग्यो । लेभान्टेका लागि इमानुअल बोटेङ्गले गोल गरेका थिए ।

८१ औं मिनेटमा इस्कोको गोलबाट पुन खेलमा अग्रता बनाएको रियल मड्रिडले खेलको अन्तिममा नजिता रक्षा गर्न सकेन ८९ औं मिनेटमा अतिरिक्त खेलाडीको रूपमा मैदान छिरेका पाज्जनीले बराबरी गोल गरेपछि रियल मड्रिड लेभान्टेसँग अंक बाड्न बाध्य भयो ।

२१ खेलबाट ३९ अंक रहेको रियल मड्रिड चौथो स्थानमा यथावत रहेको छ । समान २१ खेल खेलेका बार्सिलोना ५७ अंकसहित शीर्ष स्थानमा, ४६ अंक रहेको यथ्लेटिको मड्रिड दोस्रो स्थानमा र ४० अंक रहेको भ्यालेन्सिया तेस्रो स्थानमा रहेका छन् । शनिबारको खेल जितेको भए । ४१ अंक बनाउँदै भ्यालेन्सियालाई पछि पर्दै रियल तेस्रो स्थानमा उक्लने थियो ।

ला लिगाका शनिबारका अन्य खेलमा आइबरले सेभिल्लालाई ५-१, रियल बेटिसले भिल्लारियललाई २- १ र अलाभेजले सेल्टा भिगोलाई २- १ ले पराजित गरे ।आजको अन्नपुर्णपोष्टमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);