अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे

काठमाडौँ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदमा आफूले अव आईन्दा प्रधानमन्त्री बालेन्द्र साहलाई नखोज्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री भन्दा पनि ठूलो मुलुकको समस्या भएकाले अव प्रधानमन्त्रीलाई खोजेर संसदलाई अवरोध गरेर बस्ने पक्षमा आफू नरहेको प्रष्ट्याउनुभएको हो । नेता आङ्देम्बेले प्रधानमन्त्री साहलाई संसद नचाहिए पनि देशलाई चाहिएको उल्लेख गर्दै संसदको अमूल्य समय प्रधानमन्त्रीलाई खोजेर खेर फाल्ने पक्षमा आफू नरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री साह फेरि छापामारा शैलीमा संसदमा आउने हो कि भन्ने डर पनि आफूलाई लागेको बताउनु भयो ।

उहाँले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा दुनियाँलाई थाहा भएको र ती समस्याको समाधान गहन कुटनीतिक सम्वादमार्फत टुंगो लगाउनुपर्ने पनि स्पष्ट पार्नुभयो । नेता आङदेम्बेले आज सत्तापक्षकै कारण संसदमा प्रश्न गर्ने क्षमताको समेत आत्माहत्या भइराखेको कारुणिक दृष्य देख्नुपरेको गुनासो पनि गर्नुभयो ।

Leave a Reply

ताजा समाचार