प्रिमियर लिगका थप २ मा देखियो कोरोना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रिमियर लिगका थप २ मा देखियो कोरोना

एजेन्सी, ११ जेठ । इंग्लिस प्रिमियर लिग फुटबलमा थप दुई कोरोना संक्रमित फेला परेका छन् । कोरोनाको पछिल्लो परिक्षणको क्रममा फरक क्लबका दुई जनामा कोरोनाको संक्रमण देखिएको हो ।

प्रिमियर लिगमा मंगलबार, बिहिबार र शुक्रबार ९ सय ९६ खेलाडी तथा क्लब स्टाफको परिक्षण गरिएको थियो ।

खेलाडी र स्टाफमा कोरोनाको संक्रमण देखिने बित्तिकै ७ दिन बेग्ला बेग्लै राखेर उपचार सुरु गरिएको छ । यस पटक प्रत्येक क्लबमा परिक्षणलाई ४ देखि बढाएर ५० मा लगिएको छ ।

मंगलबारदेखि खेलाडीले ब्यक्तिगत रुपमा प्रशिक्षण सुरु गरेका छन् । प्रिमियर लिग मार्च १३ बाट स्थगित भएको थियो जसमा अझै ९२ वटा खेल बाँकी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);