खेलाडीहरुमा कोरोना देखिए पछि आइपीएल अनिश्चितकालका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

खेलाडीहरुमा कोरोना देखिए पछि आइपीएल अनिश्चितकालका लागि स्थगित

एजेन्सी । इन्डियन प्रिमियर लिग आइपीएलका बाँकी खेलहरु अनिश्चितकालका लागि स्थगित भएका छन् । भारतमा बढ्दो संक्रमणदर र सहभागी टिमका खेलाडीहरुमा नै कोरोना पुष्टि हुन थालेपछि आइपीएलका बाँकी खेलहरु अनिश्चितकालका लागि स्थगित गरिएका हुन् ।

आइपीएलका खेलाडीहरु बायो बबलमा हुँदा पनि संक्रमण देखिएपछि आयोजकले तत्कालका लागि प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । पछिल्लो पटक भारतमा कोरोनाको संक्रमणदर उच्च भएको र टिमका खेलाडीमा पनि एकपछि अर्को गरि कोभिड देखिन थालेपछि आइपीएलका बाँकी खेलहरु स्थगित भएका हुन् ।

इन्डियन प्रिमियर लिगमा बैंग्लोर र कोलकाताबीचको खेल स्थगित

पछिल्लो पटक सनराइजर्स हैदरावादका रिद्दमान शाह र दिल्लीका अमित मिश्रामा पनि कोरोना देखिएको थियो । यसअघि कोलकत्ता नाइट राइडर्सका खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार राति हुने भनिएको कोलकत्ता र रोयल च्यालेञ्जर्स बैंगलोरबीचको खेल स्थगित गरेको थियो ।

कोलकाताका दुई खेलाडी बरुन चक्रवर्ती र सन्दिप वारियरमा कोरोना पोजेटिभ पाइएको हो । त्यसैगरी चेन्नेईका तीन पदाधिकारीमा कोभिड देखिएको थियो भने दिल्ली र चेन्नेई टिम आइसोलेसनमा बसेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);