क्यानको साधारण सभा अनिश्चितकालका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

क्यानको साधारण सभा अनिश्चितकालका लागि स्थगित

काठमाडौं, ९ भदौ । नेपाल क्रिकेट संघ क्यानको साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ महिनाको मध्यतिर गर्ने भनिएको क्यान साधारण सभा कोरोनाको बढ्दो संक्रमणका कारण स्थगित भएको क्यानले जनाएको छ ।

क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणले गर्दा देशको धेरै स्थानमा लकडाउन रहेकोले तोकिएको समयमा साधारण सभा हुन नसक्ने भन्दै अर्को सूचना नभएसम्मको लागि स्थगित भएको जानकारी दिएको छ । यसअघि साउन ४ गतेको क्यानको कार्यसम्पादन समितिले भदौ १५ गतेभित्रमा साधारण सभा गर्ने निर्णय गरेको थियो ।

यसअघि नै अखिल नेपाल फुटबल संघले पनि भदौमै गर्ने भनेको साभारण सभा स्थगित गरेको थियो । कोरोना महामारी र संक्रमितको संख्या बढ्दो अवस्थामा रहेकोले अहिले नेपाली खेलकुद गतिविधि ठप्प छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);