युसेन बोल्टलाई कोरोना भाईरसको संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

युसेन बोल्टलाई कोरोना भाईरसको संक्रमण

एजेन्सी, ९ भदौ । जमैकाका विश्व कीर्तिमानीधारी धावक युसेन बोल्टलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । १ सय र २ सय मिटर दौडका किर्तिमान धारी ३४ वर्षीय धावक बोल्टले जमैकामा जन्म दिनको भोज गरेपछि गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

ओलम्पिकमा ८ वटा स्वर्ण पदक जितेका बेल्टको जन्म दिनको भोजमा इंग्ल्याण्डका स्टार फुटबल खेलाडी रहिम स्ट्रर्लिङसमेत सामेल भएको बताइएको छ । ओलम्पिकको १ सय र २ सय मिटार दौडमा लगातार ३ पटक स्वर्ण पदक जित्ने एक मात्र खेलाडी बोल्ट कोरोना देखिएपछि आईसोलेसनमा बसेका छन् । उनले सन् २ हजार १७ मा एथलेटिक्सको विश्व च्याम्पियनशिप पछि सन्यास लिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);