दुई सय मिटरका नयाँ विश्व एथ्लेटिक्स च्याम्पियन रमिल गुलिएभ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

साउन २७ , काठमाण्डौँ । विश्व एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत दुई सय मिटर दौडमा टर्कीका धावक रमिल गुलिएभले स्वर्ण पदक जितेका छन् ।
इङ्ल्यान्डको लण्डनमा विहिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकाका वायड भान नेईकर्कलाई हराउँदै गुलिएभले स्वर्ण पदक जितेका हुन् । गुलिएभले निर्धारित दूरी २० दशमलब ०९ सेकेण्डमा पुरा गरेका छने । उनी जारी प्रतियोगितामा टर्कीको लागि स्वर्ण पदक जित्ने पहिलो खेलाडी पनि बनेका छन् । उनको यो जितले ४ सय मिटरतर्फ स्वर्ण जितेका दक्षिण अफ्रिकी धावक नेईकर्कको दोहोरो स्वर्ण जित्ने सपना अधुरै रह्यो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);