राष्ट्रिय नेपाली फुटबल टोली आज जापान जाँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

साउन २७ , काठमाण्डौँ । एएफसी एसियन कप छनौटअन्तर्गत ताजकिस्तान विरुद्धको खेलको तयारीमा रहेको नेपाली टोली १० दिने प्रशिक्षण र अभ्यास खेलका लागि आज जापान जादैं छ ।

नेपाली टोली प्रशिक्षक ग्योतोकु कोजी र नेपालका लागि जापानी राजदूतावासको पहलमा जापान जान लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विहीबारनै ललितपुरमा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाई गरेको छ । सन् २०२० मा ओलम्पिकको आयोजना गर्न लागेको जापानले स्पोर्टस फर टूमरो कार्यक्रम अन्तर्गत नेपाली टोलीलाई अभ्यास खेल खेलाउन लागेको हो । नेपालले जापानमा पाँच वटा अभ्यास खेल खेल्नेछ । प्रशिक्षक राजु काजी शाक्यले नेपालले जापान भ्रमणबाट धेरै कुरा सिक्ने मौका पाउने बताउनुभयो । एशियन कपको तयारीमा रहेको नेपालले यसअघि फिलिपिन्स र यमनसँग खेलिसकेको छ । दुई खेलमा १ अंक जोडेको नेपाल समूहको तेस्रो स्थानमा छ भने ६ अंकसहित फिलिपिन्स पहिलो र ४ अंकसहित यमन दोस्रो स्थानमा छन् । समूहका शीर्ष दुई टीम एएफसी एशियन कपमा छनोट हुनेछन् । नेपालले आगामी खेल ताजकिस्तानसँग खेल्नेछ ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);