इंग्लिस प्रिमियर लिग फुटबल आज देखि सुरु , प्रारम्भ खेल आर्सनल र लेस्टर बिच हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

साउन २७ , काठमाण्डौँ । नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबल आज देखि सुरु हुँदैछ । आज आर्सनल र लेस्टर सिटीबीचको खेलबाट नयाँ सिजनको इंग्लिस फुटबलको औपचारिक प्रारम्भ हुन लागेको हो ।

आर्सनलको मैदान इमाइरेट्स रंगशालामा नेपाली समयअनुसार राति साढे १२ बजे यो खेल सुरु हुनेछ । यसपटक पनि सदाबहार दाबेदारहरु चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल र लिभरपुलसँगै प्रिमियर डिभिजनका नवप्रवेशी टोलीहरु न्युकासल युनाइटेड र ब्राइटनको प्रदर्शनमाथि धेरैको नजर हुनेछ । प्रिमियर लिग फुटबलमा शनिबार ७ खेल हुनेछन् । साविक विजेता चेल्सीले बर्नलेको सामना गर्दा वाट्फोर्ड र लिभरपुल भिड्नेछन् ।

प्रिमियरसिपमा आएका नयाँ खेलाडीमध्ये चेल्सीका स्पेनिस स्ट्राइकर अल्भारो मोराटा, आर्सनलका फ्रेन्च स्ट्राइकर लाकाजेटी, म्यानचेस्टर युनाइटेडका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु, वेस्ट ह्याम युनाइटेडका हेभियर हर्नान्डेज र म्यानचेस्टर सिटीका कायल वाल्कर लगायतका डिफेन्डरहरुलाई निकै महत्वका साथ हेरिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);