इंग्लिस प्रिमियर लिग आजबाट सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

इंग्लिस प्रिमियर लिग आजबाट सुरु हुँदै

एजेन्सी, ३ असार । कोरोना भाईरस महामारीका कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबल आजबाट सुरु हुँदैछ । कोरोनाका कारण गत मार्चबाट स्थगित लिग ३ महिनापछि सुचारु हुन लागेको हो ।

लिग सुचारु पछिको पहिलो दिन आज राती दुई खेल हुनेछ । लिगमा आज एस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुनेछ । लिगको दोस्रो स्थानमा रहेको सिटीले घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ ।

नेपाली समय अनुसार दुइ टीम बीचको खेल राति १ बजे सुरु हुनेछ । घरेलु मैदानमा सिटी आर्सनललाई हराउँदै शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी घटाउने योजनामा रहेको छ । सिटी लिभरपुल भन्दा २५ अंकले पछि रहेको छ । च्याम्पियन बन्न लिभरपुललाई २ खेलमा जितको आवश्यकता रहेको छ ।

२८ खेलबाट सिटीको ७५ अंक रहेको छ भने २९ खेल खेलेको लिभरपुलको ८२ अंक रहेको छ ।आर्सनल ४० अंक जोडेर नवौं स्थानमा रहेको छ । सिटीको मैदानमा जित निकाल्दै आर्सनल अंक तालिका सुधार गर्ने दाउमा छ ।

यस्तै एस्टन र सेफिल्डबीचको खेल नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुनेछ ।२५ अंक जोडेको एस्टन रेलिगेसन क्षेत्रमा रहेको छ । ४३ अंक जोडेको सेफिल्ड सातौं स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);