बायर्नलाई लगातार आठौं पटक बुन्डेसलिगाको उपाधि | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८३, बिहीबार

बायर्नलाई लगातार आठौं पटक बुन्डेसलिगाको उपाधि

bayern

एजेन्सी, ३ असार । बार्यन म्युनिखले लगातार आठौं पटक बुन्डेसलिगाको लिग उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा भरडाआ ब्रेमेनलाई १–० ले हराउँदै बार्यनले दुई खेल अगावै लिग उपाधि जितेको हो ।

खेलको ४३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई महत्वपूर्ण तीन अंक दिलाए । बार्यनले तीन खेल खेल्न बाँकी रहेको दोस्रो स्थानको बोरुसिया डर्टमण्डसंग १० अंकको स्पष्ट अग्रता कायम गर्यो ।

शीर्ष स्थानको बार्यनको ७६ अंक रह्यो । दोस्रो स्थानको डर्टमण्डको ६६ अंक छ । ब्रेमन २८ अंक सहित रेलिगेशन जोनमा रहेको छ ।