दक्षिण अफ्रिकाले नयाँ शैलीको क्रिकेट आयोजना गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दक्षिण अफ्रिकाले नयाँ शैलीको क्रिकेट आयोजना गर्ने

एजेन्सी, ३ असार । कोरोना भाईरसबाट प्रभावितहरुलाई सहयोग गर्ने उद्देश्यले दक्षिण अफ्रिका क्रिकेट बोर्डले नयाँ शैलीको क्रिकेट आयोजना गर्ने भएको छ । क्रिकेट दक्षिण अफ्रिकाले तीन वटा टोलीले खेल्ने नयाँ शैलीको क्रिकेट प्रतियोगिताको बुधबार घोषणा गरेको हो ।

सोलाडिरीटी कप नाम दिईएको उक्त प्रतियोगिता आगामी जुन २७ तारिखमा दक्षिण अफ्रिकाको सेन्चुरियनमा हुनेछ । दक्षिण अफ्रिकाका क्रिकेट खेलाडीहरु एबी डी भिलियर्स, क्विन्टन डी कक र कागिसो राबडाको कप्तानीमा रहने तीन बटा टोलीबीच एक खेलको प्रतिस्पर्धा हुने क्रिकेट दक्षिण अफ्रिकाले बताएको छ ।

तीनै टोलीले १२ ओभरको एउटा इनिङस खेल्नेछन् । प्रत्येक इनिङस ६ ओभरमा मध्यान्तर हुने छ । यसबाट उठेको रकम कोरोना प्रभावितलाई सहयोग गरिने क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);