विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने श्रीलंकाको सपना अधुरो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने श्रीलंकाको सपना अधुरो

south africa vs sri lanka

एजेन्सी, १४ असार । विश्वकप क्रिकेट प्रतियोजिता अन्तर्गत शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेटले हराएको छ । दक्षिण अफ्रिकासँग ९ विकेटले पराजित भएसँगै जारी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने श्रीलंकाको सपना पूरा नहुने भएको छ ।

२०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३७ ओभर दुई बलमा मात्रै एक विकेटको क्षतिमा भेट्टायो । उसका लागि फाप डू प्लेसिसले नटआउट ९६ तथा हसिम अम्लाले नटआउट ८० रन बनाए । क्वीन्टन डी ककले १५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले ४९ ओभर तीन बलमा सबै विकेट गुमाएर मात्रै २०३ रन बनाएको थियो । उसका लागि कुशल परेरा र अविश्का फर्नान्डेजले समान ३० रन बनाए । दक्षिण अफ्रिकाका क्रिस मोरिस र डवेन प्रेटोरियसले तीन तीन विकेट लिए । यस्तै कागिसो राबडाले दुई विकेट लिए ।

हारपछि सातौँ स्थानको श्रीलंकाको सात खेलबाट ६ अंक भएको छ । यस्तै आठौँ स्थानमा रहेको दक्षिण अफ्रिकाको ८ खेलबाट पाँच अंक भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);