अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

colombia vs argentina

एजेन्सी, १४ असार । अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार राति भएको क्वाटरफाइनलमा भेनेजुएलालाई २–० ले हराउँदै अर्जेन्टिनाले अन्तिम चारको यात्रा तय गरेको हो ।

उसले फाइनल प्रवेशका लागि सेमिफाइनलमा आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिल पाराग्वेलाई हराउँदै यसअघि नै अन्तिम चारमा पुगेको छ ।

शुक्रबार राति भएको खेलमा जित निकाल्ने क्रममा सर्जियो अग्युरोको भूमिका महत्वपूर्ण रह्यो । दुवै गोलमा उनको भूमिका थियो । १० औँ मिनेटमा अग्युरोको पासमा लौतारो मार्तिनेजले गोल गर्दै अर्जेन्टिनालाइ सुरुवाति अग्रता दिलाए ।

यस्तै ७४ औँ मिनेटमा अग्युरोकै सहयोगमा जिओभानी लो केल्सोले गोल गर्दै अर्जेन्टिनालाइ २–० को जित दिलाए ।

अर्जेन्टिना लगातार तेस्रो पटक फाइनलमा पुग्ने लक्ष्यमा छ । यसअघिका दुई फाइनलमा अर्जे्न्टिना चिलेसँग पराजित भएको थियो । यसपटक उसले सेमिफाइनलमा आउँदो बुधबार बिहान ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);