नेपालले मलेसियासंग दुईवटा टी-२० अन्तराष्ट्रिय क्रिकेट खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालले मलेसियासंग दुईवटा टी-२० अन्तराष्ट्रिय क्रिकेट खेल्ने

काठमाडौं, १३ असार । नेपालले मलेसियासंग द्विपक्षीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ । आउँदो जुलाईमा नेपाल र मेलसियाबीच दुई पक्षीय टी– २० सिरिज हुन लागेको हो।

मलेसिया क्रिकेटका अनुसार नेपाल र मेलसियाबीचको खेल जुलाई १३ र १४ मा मलेसियाको किनरार ओभल मैदानमा हुनेछ । हाल नेपाली क्रिकेट टोली टी –२० छनोटको लागि बन्द प्रशिक्षणमा रहेको छ ।

नेपाली टोली सिंगापुरमा हुने उक्त छनोटअघि मलेसियामा प्रशिक्षण गर्न जाने यसअघि नै तय भइसकेको थियो। त्यही बेला नेपालले मलेसियासंग खेल्न लागेको हो।गत माघमा युएईसंग ३ खेलको टी –२० आई सिरिज खेलेको नेपालले करिब ६ महिनापछि अर्को सिरिज खेल्न लागेको हो।

उक्त सिरिजपछि नेपाली टोली उतैबाट सिंगापुर जानेछ।अहिले २५ खेलाडी राष्ट्रिय टिमको अन्तिम सूचीमा पर्नको लागि बन्द प्रशिक्षणमा व्यस्त छन्।जुलाई २२ देखि २८ सम्म नेपालसहित ५ राष्ट्रले टी २० विश्वकप एसिया छनोट खेल्दैछ। एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन्। नेपालले पहिलो खेल जुलाई २३ मा कतारसँग खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);