नेपालले मलेसियासंग दुई खेलको टि–२० सिरिज खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपालले मलेसियासंग दुई खेलको टि–२० सिरिज खेल्ने

nepal cricket malaysia

काठमाडौं, २७ असार । आइसीसी टी– २० विश्वकप एसिया रिजन क्रिकेट छनोट फाइनलको तयारीमा रहेको नेपालले मलेसियालसँग दुई खेलको टी– २० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । सिंगापुरमा यही जुलाई २२ देखि हुने छनोटका लागि हाल मलेसियामा तयारी गरिरहेको नेपालले मलेसियासंग दुईपक्षिय सिरिज खेल्न लागेको हो ।

दुई खेलको सिरिजको पहिलो खेल शनिवार हुँदैछ । जुलाई ९ मै मलेसिया पुगेको नेपालले केही दिन मलेसियामा प्रशिक्षण समेत गरिसकेको छ। शुक्रवार भने नेपाली टोलीले आराम गरेको छ ।

एकदिनको आरामपछि नेपालले शनिवार मलेसियासँग पहिलो टी २० खेल खेल्नेछ । खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे किनरारा ओभल मैदानमा हुनेछ । यस्तै दोस्रो खेल आइतवार खेल्नेछ ।  मलेसियामा दुई खेलसँगै १० दिनको तयारीपछि नेपाली टोली उतैबाट जुलाई २० मा सिंगापुर जानेछ ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीले मलेसियामै केही दिनअघि सम्पन्न एसीसी अण्डर नाइन्टीन इस्टर्न रिजनको उपाधि हात पारेको थियो । सिंगापुरमा हुने क्वालिफायरमा नेपाल र मलेसियासहित सिंगापुर, कतार, कुवेत छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);