अस्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अस्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश

england v aus

एजेन्सी, २७ असार । इंग्ल्याण्ड १२ औँ एकदिवशीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

बिहीबार साँझ भएको सेमिफाइनलमा इंग्ल्याण्डले पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियालाई ८ विकेटले हरायो । इंग्ल्याण्डले फाइनलमा न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । अस्ट्रेलियाको पराजयसँगैँ एकदिवशीय विश्वकपले २३ वर्षपछि नयाँ विजेता पाउने निश्चित भएको छ । सन् १९९६ मा श्रीलंका विजेता बने यता विश्वकपले नयाँ विजेता पाउन सकेको थिएन । हालसम्म यो प्रतियोगिता अस्ट्रेलियाले पाँचपटक, भारत र वेस्ट इन्डिजले दुई–दुई पटक तथा पाकिस्तान र श्रीलंकाले एक–एक पटक जितेका छन् ।

न्यूजिल्याण्ड एक र इंग्ल्याण्ड तीनपटक फाइनल पुगेर पनि उपाधि भिडन्तमा निराश भएका थिए। इंग्ल्याण्ड २७ वर्षपछि प्रतियोगिताको फाइनल पुगेको हो । साविक विजेतासमेत रहेको अस्ट्रेलियाविरुद्ध इंग्ल्याण्डले शानदार प्रदर्शन गर्याे। टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियालाई २ सय २३ रनमा सिमित गर्दै जितको आधार बलियो बनाएको थियो । इंग्ल्याण्डले ३२ ओभर एक बलमा दुई विकेट गुमाएर लक्ष्य पुरा गर्यो । फाइनल खेल आइतबार हुनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);