ललित स्मृति कप : च्यासलद्वारा मच्छिन्द्र क्लव २-१ गोलले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

ललित स्मृति कप : च्यासलद्वारा मच्छिन्द्र क्लव २-१ गोलले पराजित

काठमाडौं, २६ असार । राजधानीमा जारी ललित स्मृति कप अण्डर–१८ फुटवलमा भ्याली च्यासल युथ क्लबले सान्त्वना जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै च्यासलले सान्त्वना जित निकालेको हो ।

लिग चरणको अन्तिम खेलमा च्यासललाई जित दिलाउन कर्मा शेर्पाले दुई गोल गरे । मच्छिन्द्रका लागि कृष्ण भण्डारीले एक गोल फर्काए । जितसँगै समूह ’ए’ को च्यासलले ४ खेलबाट ४ अंक जोड्यो ।

तर, च्यासल क्वाटरफाइनलमा भने पुग्न सकेन । च्यासलसँग पराजित भएपनि मच्छिन्द्रले क्वाटरफाइनलमा स्थान बनाएको छ । मच्छिन्द्रले ४ खेलबाट ६ अंक जोड्यो । यस समूहबाट हिमालयन शेर्पाले पनि ६ अंक जोडेर क्वाटरफाइनलमा स्थान बनाएको छ ।

प्रतियोगितामा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);