नाडाललाई हराउँदै फेडेरर विम्बल्डनको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नाडाललाई हराउँदै फेडेरर विम्बल्डनको फाइनलमा

roger federer

एजेन्सी, २८ असार । राफायल नाडाललाई पराजित गर्दै रोजर फेडेरर विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । बेलायतको सेन्ट्रल कोर्टमा भएको खेलमा फेडररले नाडाललाई चार सेटमा हराए ।

दोस्रो बरियताका फेडररले नाडाल विरुद्ध सात छ, एक छ, छ तीन र छ चारको सेटमा हराए । तेस्रो बरियाताका नाडाललाई दोस्रो बरियताका फेडेररले पराजित गरेर सन् २००८ मा विम्बल्डनको फाइनलमा बेहोरेको हारको बदला लिएका छन् ।

३७ वर्षका फेडेररले अहिलेसम्म ८ पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन् । उनी पुरुष तर्फ सबैभन्दा धेरै पटक विम्बल्डनको उपाधि जित्ने खेलाडी हुन् । यो पटक उपाधि जितेमा महिला एकल तर्फको कीर्तिमानसँग पनि उनले बराबरी गर्ने छन् ।

उपाधिका लागि फेडेररले आइतबार सर्बियन नोभाक जोकोविचसँग प्रतिस्पर्धा गर्नेछन् । जोकोविचले स्पेनका रोबर्टो बाउटिसा अगुट्लाई ६–२, ४–६, ६–३ र ६–२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।चारपटकका विम्बल्डन विजेता जोकोविच पाँचौँ उपाधिको पर्खाईमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);