भेनस विलियम्स र स्पेनकी गार्बिने मुगुरुजा विम्बल्डन टेनिसको फाईनलमा, कस्ले जित्ला उपाधि ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भेनस विलियम्स र स्पेनकी गार्बिने मुगुरुजा विम्बल्डन टेनिसको फाईनलमा, कस्ले जित्ला उपाधि ?

अमेरीकी खेलाडी भेनस विलियम्स र स्पेनकी गार्बिने मुगुरुजा विम्बल्डन टेनिसको फाईनलमा प्रवेश गरेका छन् ।

भेनस विलियम्स र स्पेनकी गार्बिने मुगुरुजा विम्बल्डन टेनिसको फाईनलमा

काठमाडौं । अमेरीकी खेलाडी भेनस विलियम्स र स्पेनकी गार्बिने मुगुरुजा विम्बल्डन टेनिसको फाईनलमा प्रवेश गरेका छन् ।

विहीबार भएको सेमिफाइनल खेलमा ब्रिटिश खेलाडी योहाना कोन्टालाई हराँउदै भेनस फाइनलमा पुगेकी हुन् । कोन्टा विरुद्धको खेल भेनसले ६–४ र ६–२ को सोझो सेटमा जितिन् ।

पाँच पटककी विम्बल्डन च्याम्पियन भेनस समग्र करियरमा भने नवौं ग्रान्डस्लाम उपाधिको खोजीमा छिन् । भेनस विलियम्सले अब उपाधिको लागि स्पेनकी गार्बिने मुगुरुजासँग खेल्नेछीन् ।

सेमीफाईनलमा स्लोभाकियाकी माग्दालिना रिबारीकोभालाई हराँउदै मुगुरुजा फाईनलमा पुगेकी हुन् ।

रिबारीकोभा विरुद्धको खेल मुगुरुजाले ६–१ र ६–१ को सोझो सेटमा जितिन् । विम्बल्डन टेनिसको पुरुष एकलतर्फका सेमिफाईनल खेलहरु आज हुनेछन् ।

आज स्विस खेलाडी रोजर फेडेररले चेक गणतन्त्रका टामस बर्डीचसँग खेल्दा क्रोएसियाका मारिन सिलिच र अमेरिकाका साम क्वेरे भिड्नेछन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);