यु–२३ फुटबल टोली युएई प्रस्थान, छनौट चरण पार गर्ने प्रशिक्षक शाक्यको दाबी | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

यु–२३ फुटबल टोली युएई प्रस्थान, छनौट चरण पार गर्ने प्रशिक्षक शाक्यको दाबी

यु–२३ एएफसी च्याम्पियनसिप फुटबल छनोट खेल्न नेपाली टीम आज युएइ जाँदै, छनौट चरण पार गरेरै फर्कने नेपाली टोलीका प्रशिक्षक शाक्यको भनाई

यु–२३ फुटबल टोली युएई प्रस्थान

काठमाडौं । २३ वर्षमुनिको एएफसी च्याम्पियनसिप फुटबल छनोट प्रतियोगिता खेल्न नेपाली टीम आज संयुक्त अरब इमिरेट्स (युएइ) जाँदैछ । 

नेपाली टोली बिहान फ्लाइ दुवाइको विमानमार्फत युएइ जान लागेको हो । प्रशिक्षक राजुकाजी शाक्यले नेपाली टोली प्रतियोगितामा छनोट हुने लक्ष्यसहित जान लागेको जानकारी दिए ।

शाक्यले छनौट प्रतियोगिता नेपालका लागि कठिन भएपछि छनौट भएर फर्कने बताए । बंगलादेशसंगको मैत्रीपूर्ण फुटवलको नतिजाले खेलमा देखिएका कमजोरी हटाउन सहयोग गरेकाले पनि छनोट हुने सम्भावना धेरै रहेको उनले बताए ।

प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपालले शनिबार युएईसँग उद्घाटन खेल खेल्दैछ ।

नेपालले सोमबार उज्वेकिस्तानसँग र बुधबार लेबनानसँग खेल्नेछ । सन् २०१८ मा चीनमा हुने एएफसी २३ वर्षमुनिको फुटवल च्याम्पियनसिपको छनोट चरणमा सहभागी ४० टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहका समूह विजेता र १० समूहका उत्कृष्ट पाँच उपविजेता टोली छनोट हुनेछन् । आयोजकका हैसियतले चीन भने प्रतियोगितामा सिधै छनोट हुनेछ ।

 

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

५ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

५ घन्टा अघि

Duel Bet: The Casino Showdown

५ घन्टा अघि