भारतमा हुने प्रतियोगितामा छनोट हुने लक्ष्य सहित महिला फुटबल टोलीको तीब्र तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भारतमा हुने प्रतियोगितामा छनोट हुने लक्ष्य सहित महिला फुटबल टोलीको तीब्र तयारी

काठमाडाैं । भदौ २८ देखी असोज ९ गते सम्म नेपालमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय टोली अहिले बन्द प्रशिक्षणमा छ । समूह एफ मा रहेको नेपालले अर्को वर्ष भारतमा हुने प्रतियोगितामा छनोट हुने लक्ष्य सहित तयारीलाई तीब्रता दिइरहेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा नेपाली टिमले नेपालमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि तयारीलाई तीब्रता दिइरहेको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन । छनोट चरणको खेल खेल्न लागेको नेपाल समूह एफमा रहेको छ ।

नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । एसियन कप खेल्ने लक्ष्य नेपाली टोलीले राखेको छ । नेपाली टोलीका लागि ठूलो अवसर भएको भन्दै सहायक प्रशिक्षक अरुणा गुरुङले खेलाडीले मिहिनेत गरेको बताइन ।

ग्यारी फिलिप्स देश बाहिर रहेकाले एन्फाले चेतन घिमिरे, भगवती राना मगर र अरुणा गुरुङलाई सहायक प्रशिक्षकमा नियुक्त गरेर तयारीलाई तीब्रता दिइरहेको हो । घरेलु मैदानमा हुने छनोट खेलमा नेपाल लागि नेपाली महिला टोलीले तयारी राम्रो गरिरहेको भन्दै एसियन कपका लागि छनोट हुने आशावादी रहेको कप्तान रेनुका नगरकोटीले बताइन् ।

चोटका कारण हाल कतारमा उपचार गराइरहेकी सर्वाधिक गोलकर्ता तथा मुख्य फरवार्ड सावित्रा भण्डारी भने टोलीबाट बाहिर हुनेछिन । मुख्य खेलाडी नभए पनि नयाँ खेलाडीको प्रदर्शनबाट प्रतियोगितामा छनोट हुने बताइन् । राष्ट्रिय महिला फुटबल टिमका लागि तीन जना सहायक प्रशिक्षकले मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको निर्देशनमा अभ्यास गराइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);