टि–२० सिरिज : नेपालद्वारा मलेसिया ७ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

टि–२० सिरिज : नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

nepal vs malaysia t20

काठमाडौं, २८ असार । नेपालले मलेसियालविरुद्धको दुई ट्वान्टी २० क्रिकेट शृंखलाको पहिलो खेलमा बिजयी सुरुवात गरेको छ । आज भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । १२९ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पारसले ८६ रनको अविजित पारी खेले । पारसले विस्फोटक ब्याटिङ गर्दै ३२ बलमा ५० रन पुरा गरेका थिए ।

यस्तै नेपालको लागि शरद भेषवाकरले अविजित १६ रन बनाए भने प्रदिप ऐरी ९, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ र रोहित कुमार पौडेल ५ रनमा आउट भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । नेपालका लागि करण केसीले ३ विकेट लिए भने बसन्त रेग्मी र सन्दीप लामिछानेले समान २-२ विकेट लिए । सोमपाल कामीले पनि १ विकेट लिए ।

मलेसियामा दुई खेलसँगै १० दिनको तयारीपछि नेपाली टोली उतैबाट जुलाई २० मा सिंगापुर जानेछ ।पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीले मलेसियामै केही दिनअघि सम्पन्न एसीसी अण्डर नाइन्टीन इस्टर्न रिजनको उपाधि हात पारेको थियो । सिंगापुरमा हुने क्वालिफायरमा नेपाल र मलेसियासहित सिंगापुर, कतार, कुवेत छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);